नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने
पाेखरा | माघ ९, २०८०
पोखरा: नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको प्रथम अधिवेशन पोखरामा हुने भएको छ । महासंघको प्रथम अधिवेशन माघ २० गते पोखरामा हुन लागेको अध्यक्ष संजीवबहादुर कोइरालाले जानकारी दिए ।
उनका अनुसार अधिवेशनका उद्रघाटन नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम तय बताए । यस्तै अधिवेशनमा पुर्व अर्थमन्त्री डा. युवराज खतिवडासहितका नेताहरुको उपस्थिति रहने उनले बताए ।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र सम्पुर्ण पालिकाबाट करिव चार सय प्रतिनिधिहरु सहभागी हुनेछन् ।अधिवेशनले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

